दक्षिण भारतीय अभिनेता अजीत कुमार घाइते भएका छन्।
खुट्टामा चोट लागेपछि उनलाई चेन्नईको एक प्राइभेट अस्पतालमा भर्ना गरिएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार मंगलबार चेन्नई एयरपोर्टमा फ्यानको भिड लागेपछि उनको खुट्टामा सामान्य चोट लागेको थियो।
उनी पद्म भूषणबाट सम्मानित भएपछि नयाँ दिल्लीबाट चेन्नई फर्किएका हुन्।
अजीत पछिल्लो समय फिल्म 'गुड ब्याड' मा देखिएका थिए। यस फिल्मलाई रविचन्द्रनले निर्देशन गरेका थिए।
यो फिल्म १० अप्रिलमा हलमा प्रदर्शन भएको थियो। अजीत कुमार मिडियाबाट टाढिए पनि फ्यान उनलाई निकै माया गर्छन्।