बलिउड अभिनेता अजय देवगनका छोरा युग देवगन फिल्ममा डेब्यू गर्दैछन्।
उनले आफ्नो बुबा अजयसँग ज्याकी च्यानको हलिउड फिल्म 'कराटे किड लेजेन्ड्स' मा आवाज दिन लागेका हुन्। उनले यस फिल्ममा बेन बाङको हिन्दी डबमा आफ्नो आवाज दिनेछन् भने अजय देवगनले ज्याकी च्यानको आवाज दिनेछन्।
सोनी पिक्चर्सले सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेको छ। जसमा अजय देवगन र युग देवगनलाई एकसाथ देख्न सकिन्छ। पोस्टमा लेखिएको छ, 'मास्टरको साथमा एक नयाँ आवाज। अजय देवगन र युग देवगन ज्याकी च्यान र बेन बाङको एपिक जर्नीको कराटे किड लेजेन्ड्स (हिन्दी) मा जीवन लिएर आउँदैछन्।'
यो फिल्म ३० मेदेखि सिनेमाघरमा रिलिज हुनेछ।
