बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहूजा खुलेर आफ्नो विचार व्यक्त गर्छिन्।
केही समयअघि गोविन्दासँग उनको सम्बन्ध विच्छेद हुन लागेको खबर बाहिरिएको थियो। यस खबरलाई सुनीताले धेरै पटक खण्डन गरेकी थिइन्।
हालै एक अन्तर्वार्तामा उनले गोविन्दासँग तनावपूर्ण सम्बन्ध चलिरहेको संकेत गरेकी छन्।
'३८ वर्ष भइसक्यो। हामी जवान हुँदा धेरै यस्ता कुरा आउँथे। मलाई त्यसले कुनै फरक पार्दैनथ्यो। म धेरै बलियो सोच भएको व्यक्ति हुँ' उनले 'डेकेन उथ आसिफ' मा दिएको अन्तर्वार्तामा भनेकी छन्, 'म पहिले उनलाई विश्वास गर्थें, अब विश्वास गर्छु भन्न सक्दिनँ।'
उनले थप्दै भनेकी छन्, 'हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ। उनीहरू आफ्ना धेरैजसो समय अभिनेत्रीहरूसँग बिताउँछन्, आफ्ना श्रीमतीसँग होइन। म गोविन्दालाई धेरै माया गर्छु र सधैँ गर्नेछु।'