बलिउड अभिनेता सैफ अली खानको करियर सन् २००० मा निकै परिवर्तन भयो।
त्यतिबेला उनको फिल्म 'दिल चाहता है' रिलिज भएको थियो। फिल्ममा सैफबाहेक आमिर खान, अक्षय खन्ना र प्रीति जिन्टालगायत कलाकारको अभिनय थियो।
यस फिल्मपछि सैफलाई थुप्रै फिल्म अफर भएका थिए। उनलाई आफ्नै दममा फिल्म हिट गराउन चुनौति थियो। सन् २००४ मा फिल्म 'हम तुम' बाट उनी आफूलाई सावित गर्न सफल भए।
कुणाल कोहलीले निर्देशन गरेको फिल्ममा रानी मुखर्जीको पनि मुख्य भूमिका थियो। यो फिल्म सैफभन्दा अगाडि आमिर खान, ऋतिक रोशन, विवेक ओवरायलाई अफर गरिएको थियो।
भारतीय सञ्चारमाध्यम आजतकसँग कुराकानी गर्दै निर्देशक कुणालले भने, 'थुप्रै हिरोलाई फिल्म प्रस्ताव गरेपछि निर्माता आदित्य चोपडाले सैफ अली खानको नाम सुझाएका थिए।'
सन् २००४ मा रिलिज भएको फिल्म 'हम तुम' बाट अभिनेता सैफ अली खानले राष्ट्रिय पुरस्कार जितेका थिए।