केही समयअघि बलिउड अभिनेता बाबिल खानको एक भिडिओ भाइरल भएको थियो। जसमा उनले फिल्म इन्डस्ट्रीलाई फेक बताएका थिए।
त्यसपछि बाबिलको टिमले बयानको गलत अर्थ निकालियो भन्दै सफाई दिएका थिए। फिल्मकर्मी साई राजेश बाबिलमाथि भड्किएका थिए। यस विवादबीच बाबिलले फिल्मबाट ब्रेक लिने घोषणा गरेका छन्। यतिमात्र होइन उनले साई राजेशको फिल्म पनि छाडेका छन्।
'निकै हिम्मत र आपसी सम्मानका साथ मैले राजेश सरको जादुई यात्रामा कदम राखेको थिएँ। दुर्भाग्यले अलग स्थिति आयो। जस्तो योजना बनाएका थियौं, त्यस्तो भएन। किनकी म फिल्मबाट केही समयको लागि ब्रेक लिदैछु। त्यसैले साई राजेश सर र उहाँको टिमलाई आगामी यात्राको लागि शुभकामना दिन चाहन्छु। मलाई थाहा छ कि हामीबीच धेरै माया छ र हामी भविष्यमा छिट्टै भेट्ने छौं,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
बाबिल अभिनेता इमरान खानका छोरा हुन्। बुबाको मृत्यु भएपछि बाबिलले बलिउडमा डेब्यू गरेका थिए।