७८ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री जान्हवी कपूर सहभागी भएकी छन्।
फ्रान्समा भइरहेको फेस्टिभलमा उनले भारतीय परम्परागत र आधुनिकता झल्कने खाल्को गाउन लगाएकी थिइन्। जान्हवीले तरूण ताहिलियानीले डिजाइन गरेको पहिरन लगाएकी थिइन्। यो डिजाइनर ड्रेस उनको दिवंगत आमा अभिनेत्री श्रीदेवीको श्रद्धाञ्जलिको रूपमा लिइएको छ।
रेड कार्पेटमा उनलाई गाउन सम्हाल्न ईशान खट्टर र निर्देशक नीरज घायवानले सहयोग गरेका थिए। उनीहरू मंगलबार आफ्नो फिल्म 'होमबाउन्ड' प्रिमियरको लागि कान्स फिल्म फेस्टिभलमा पुगेका थिए।
जान्हवीको कान्स डेब्यूलाई समर्थन गर्न उनकी बहिनी खुशी कपूर, प्रेमी शिखर पहाडिया, साथी ओरहान अवत्रामणि (ओरी) पुगेका थिए।
नीरज घायवान निर्देशित फिल्म 'होमबाउन्ड' मा जान्हवी कपूर, ईशान खट्टर, विशाल जेठवालगायत कलाकारको मुख्य भूमिका छ।


