यशराज ब्यानरबाट बनेको फिल्म 'वार २' को टिजर सार्वजनिक भइसकेको छ।
यस फिल्ममा ऋतिक रोशन रअ एजेन्ट कबीर धारीवालको भूमिकामा देखिँदैछन्। यस पटक उनको सामु दक्षिण भारतीय अभिनेता जुनियर एनटिआरसँग हुनेछ।
अयान मुखर्जीले निर्देशन गरेको फिल्मबाट जुनियर एनटिआर बलिउडमा डेब्यू गर्दैछन्। तर यस फिल्मको लागि ऋतिकले जुनियर एनटिआरको भन्दा बढी पारिश्रमिक लिएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार ऋतिक रोशनले फिल्मको लागि ४८ करोड भारू लिएका छन् भने जुनियर एनटिआरले ३० करोड भारू लिएका छन्।
आदित्य चोपडाले निर्माण गरेको फिल्ममा ऋतिक रोशन, जुनियर एनटिआर र कियारा आडवानीको मुख्य भूमिका छ।
यो फिल्म १४ अगस्टमा रिलिज हुनेछ।
'वार २' यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। २०१९ मा आएको एक्सन फिल्म 'वार' बक्स अफिसमा सुपरहिट भएको थियो।