लामो समयदेखि 'हेरा फेरी ३' चर्चामा छ। फिल्म घोषणा गरेसँगै विभिन्न कारणले विवादमा फसिरहेको छ।
केही समयअघि अभिनेता परेश रावलले फिल्म छाडेको खबर बाहिरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार अक्षय कुमारको प्रोडक्सन कम्पनीले परेशमाथि २५ करोड भारूको कानूनी नोटिस पठाएका थिए। हालै यस विवादबारे परेशले आफ्नो कुरा राखेका छन्।
'मेरो वकिल अमीत नाइकले मेरो सही तरिकाले फिल्म छाड्ने र बाहिर निकाल्ने बारे उचित जबाफ दिएका छन्। एकपटक मेरो जबाफ पढ्नुभयो भने सबै मुद्दा शान्त हुनेछ,' उनले एक्समा लेखेका छन्।
परेशले छायांकनको लागि लिएको एडभान्स ११ लाख भारू फिर्ता गरेका छन्। उनले १५ प्रतिशत ब्याज पनि दिएका छन्।
यो फिल्मको छायांकन अर्काे वर्ष सुरू हुने भनिएको थियो।