भारतीय निर्देशक सन्दीप रेड्डी वांगा आगामी फिल्म 'स्पिरिट' लाई लिएर चर्चामा छन्।
फिल्ममा प्रभास र दीपिका पादुकोण मुख्य भूमिकामा देखिने बताएको थियो। तर दीपिकाको माग बढेपछि उनलाई हटाउँदै अभिनेत्री तृप्ति डिमरीलाई कास्ट गरिएको छ।
यसैबीच सन्दीप रेड्डी वांगाले एक पोस्टमार्फत दीपिकामाथि रिस पोखेका छन्। किनकी दीपिका फिल्मबाट बाहिरिएपछि कहानी लिक भएको छ। तर सन्दीपले दीपिकाको नाम भने लिएका छैनन्।
'जब म कुनै कलाकारलाई नरेट गर्छु, तब म उनीहरूलाई सतप्रतिशत भरोसा गर्छु। हामीबीच एक मौन सम्झौता भएको हुन्छ। तर यस्तो गरेर तपाईले त्यस व्यक्तिको खुलासा गर्नुभएको छ जो तपाई हो। मेरो कहानी लिक गर्नु तपाईको फेमिनिज्म हो? अर्काे पटक पूरै कहानी भनिदिनु किनकी मलाई केही फरक पर्दैन,' उनले एक्समा लेखेका छन्।