बलिउड अभिनेत्री बिपाशा बसुले आफ्नो फिल्मी करियरमा थुप्रै चर्चित कलाकारसँग काम गरिसकेकी छन्।
हालै उनको नयाँ लुक्स सार्वजनिक भएको थियो। जसमा उनलाई फ्यानले पहिचान गर्न सकेका थिएनन्। अब अभिनेत्री बिपाशाले फिल्ममा कमब्याकबारेमा खुलेर कुराकानी गरेकी छन्।
'जब तपाईहरू मलाई फिल्ममा देख्नुहुन्छ। तब थाहा पाइहाल्नु हुन्छ। म त्यो अवस्थामा पुगेपछि थुप्रै अन्तर्वार्ता दिन्छु। मलाई फिल्म धेरै याद आउँछ,' उनले भारतीय सञ्चारमाध्यम जूमसँग भनेकी छन्।
उनी सन् २०१८ मा फिल्म 'वेलकम टू न्यूयोर्क' मा देखिएकी थिइन्। फिल्ममा उनले केमियो भूमिका निर्वाह गरेकी थियो।
उनले सन् २००१ मा फिल्म 'अजनबी' बाट डेब्यू गरेकी थिइन्। फिल्ममा उनीसँगै अक्षय कुमार, करीना कपूर खान र अभय देओलको मुख्य भूमिका थियो। त्यसपछि उनले 'जिस्म, रेस, नो एन्ट्री, ओमकारा' जस्ता फिल्ममा अभिनय गरेकी थिइन्।