भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को तेस्रो सिजन ल्याउने भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार तेस्रो सिजनको लागि छायांकन सुरू गरिएको छ। यो शो ओटिटी प्लेटफर्म नेटफ्लिक्समा आउनेछ।
तेस्रो सिजनको पहिलो एपिसोडमा गौतम गम्भीर, ऋषभ पन्त, अभिषेक शर्मा र युजवेन्द्र चहल जस्ता भारतीय क्रिकेटरहरू अतिथि हुनेछन्।
यस एपिसोडमा अर्चना पूरन सिंहको ठाउँमा नवजोत सिंह सिद्ध देखिनेछन्।
तेस्रो सिजन २१ जूनदेखि नेटफ्लिक्समा सुरू हुनेछ। यस सिजनमा कपिलसँगै सुनील ग्रोवर, कीकू शारदा, कृष्णा अभिषेक, अर्चना पूरन सिंह लगायत कलाकारको प्रस्तुति रहनेछ। साथै यस सिजनमा केही नयाँ कलाकार पनि हुने बताइएको छ।