भारतीय अभिनेता राजकुमार राव अभिनीत फिल्म 'मालिक' ले एक सातामा भारतमा २१ करोड २० लाख भारू कमाइ गरेको छ।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले सातौं दिन बिहीबार १ करोड ३५ लाख कमाइ गर्यो।
पहिलो दिन शुक्रबार ३ करोड ७५ लाख कमाइ गरेको फिल्मले शनिबार ५ करोड २५ लाख, आइतबार ५ करोड २५ लाख, सोमबार १ करोड ७५ लाख, मंगलबार २ करोड १० लाख र बुधबार १ करोड ७५ लाख भारू कमाइ गरेको थियो।
पुलकितको निर्देशनमा बनेको फिल्ममा राजकुमारसहित प्रोसेनजीत चटर्जी, मानुषी छिल्लरलगायतको अभिनय छ। फिल्मको निर्माता कुमार तौरानी र जय शेवाक्रमणी हुन्।
पोलिटिकल थ्रिलर यो फिल्ममा राजकुमार रावले सानो सहरको ग्याङ्स्टरको भूमिका निर्वाह गरेका छन्।
यसको बजेट ५४ करोड भारू बताइएको छ। 'मालिक' शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ। नेपालका केही हलमा पनि यो फिल्म प्रदर्शन भइरहेको छ।