भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन्।
उनका श्रीमान राघव चड्ढाले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन्। राघवले आफूहरू छोराको आमाबुबा भएको पनि बताएका छन्।
परिणिती र राघवले यही वर्ष अगस्ट २५ मा आफूहरू अभिभावक बन्न लागेको खबर सुनाएका थिए।
आइतबार बाबु बनिसकेपछि राघवले सामाजिक सञ्जालमा खुसी बाँड्दै लेखेका छन्, 'ऊ अन्ततः आइपुग्यो। हाम्रो प्यारो छोरा। अब हामीलाई पुरानो जीवन यादै छैन। हाम्रो बाहुमा उसले स्थान पाएको छ। हाम्रो हृदय अझै परिपूर्ण भएको छ। पहिले हामी एकअर्कासँग थियौं, अब हामीसँग सबै कुरा छ...।'
पेसाले चार्टर्ड अकाउन्टेन्ट राघव राजनीतिज्ञ हुन्। ३६ वर्षीया परिणीतिले लामो समयको 'डेटिङ' पछि सांसद राघवसँग सन् २०२३ सेप्टेम्बरमा विवाह गरेकी थिइन्।
उनीहरूको भेट इंग्ल्यान्डमा भएको थियो। परिणिती द युनिभर्सिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघव लण्डन स्कुल अफ इकोनोमिक्समा पढेका हुन्।