भारतीय अभिनेता हर्षवर्धन राणे र अभिनेत्री सोनम बाजवा अभिनीत फिल्म 'एक दिवाने की दिवानियत' छिट्टै ओटिटीमा स्ट्रिमिङ हुने भएको छ।
यो रोमान्टिक ड्रामाले हलमा राम्रो प्रतिक्रिया पाएपछि डिजिटल रिलिजको तयारी गरिएको हो।
मिलाप मिलन जावेरी निर्देशत फिल्म डिसेम्बर २६ (पुस ११) देखि भारतको ओटिटी प्लेटफर्म 'जी फाइभ' मा स्ट्रिमिङ हुने भएको हो। उक्त प्लेटफर्मले फिल्मको विश्व डिजिटल प्रिमियर डिसेम्बर २६ देखि हुने आधिकारिक घोषणा गरेको छ।
प्रेम, जुनून र एकतर्फी आशक्तिको भावनात्मक कथा बोकेको फिल्मले विश्वभरबाट १ सय १० करोड भारू कमाएको बताइएको छ।
फिल्ममा हर्षवर्धनको गम्भीर र भावनात्मक अभिनयलाई दर्शकहरूले मन पराएका छन्। त्यस्तै, सोनमको भूमिकाले पनि दर्शकको ध्यान तान्यो।
'एक दिवाने की दिवानियत' नेपालमा समेत रिलिज भएको थियो।