चर्चित भारतीय निर्देशक एस.एस. राजामौली निर्देशित फिल्म 'बाहुबलीः द एपिक' अब डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ।
प्रभास अभिनीत फिल्म क्रिसमसको अवसरमा नेटफ्लिक्समार्फत विश्वव्यापी रूपमा स्ट्रिमिङ हुने भएको हो।
'बाहुबलीः द एपिक' सन् २०१५ को 'बाहुबलीः द बिगिनिङ' र २०१७ को 'बाहुबली २ः द कन्क्लुजन' को संयोजन हो। फिल्म गत अक्टोबर ३१ मा सिनेमाघरमा रिलिज भएको थियो। त्यसको ५५ दिनपछि डिसेम्बर २५ (बिहीबार) देखि दर्शकले फिल्म ओटिटीमा हेर्न सक्नेछन्।
यस संस्करणमा दुवै फिल्मको सम्पादित कथालाई निरन्तरता दिइएको छ।
'बाहुबलीः द एपिक' ले अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने रि-रिलिज फिल्मको कीर्तिमान समेत बनाएको छ। फिल्ममा प्रभासहित राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया लगायतको अभिनय छ।