भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपको लेखन तथा निर्देशनमा बनेको फिल्म 'केनेडी' को ट्रेलर सार्वजनिक भएको छ।
थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको यो फिल्मको ओटिटी रिलिजअघि आइतबार ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा अभिनेता राहुल भटलाई एक हायर गरिएको हत्यारा (हिटम्यान)को रूपमा प्रस्तुत गरिएको छ। दिनको समयमा ट्याक्सी चालक र रातको समयमा अपराधको संसारमा डुबेको पात्रको भूमिकामा उनलाई दर्शकले देख्न पाउनेछन्। यसको कथा मुम्बईको अँध्यारो संसार वरिपरि घुम्छ।
अपराध, मनोवैज्ञानिक द्वन्द्व र रहस्यको कथाको बनेको फिल्ममा राहुलसँगै सन्नी लियोनी, मोहित टाकल्कर, अभिलाष थपलियाल, मेघा बर्मनलगायत कलाकारहरूको अभिनय छ।
'केनेडी' को विश्व प्रिमियर सन् २०२३ मा कान्स फिल्म फेस्टिभलमा भएको थियो।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक कश्यपले यो फिल्म आफ्ना लागि विशेष रहेको उल्लेख गरेका छन्। लामो समयको मेहनतपछि दर्शकमाझ आउन लागेकोमा खुसी समेत व्यक्त गरेका छन्।
'केनेडी' २० फेब्रुअरी २०२६ मा जी फाइभ ओटिटी प्लेटफर्ममा प्रिमियर हुने तयारी छ।