बलिउड अभिनेता सिद्धार्थ मल्होत्राका बुवा सुनील मल्होत्राको निधन भएको छ।
पूर्व मर्चेन्ट नेभी कप्तान सुनीलको दिल्लीमा उपचारका क्रममा निधन भएको हो। परिवारका सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कार समेत भइसकेको जनाइएको छ।
सिद्धार्थले बुवाको निधनपछि इन्स्टाग्राममा बाल्यकालदेखि वर्तमानसम्मका तस्बिरहरू साझा गर्दै भावनात्मक पोस्ट गरेका छन्।
सुनील मल्होत्रा अनुशासनप्रिय र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा चिनिन्थे। सिद्धार्थले विगतमा विभिन्न अन्तर्वार्तामा आफ्ना बुवासँगको निकट सम्बन्ध र जीवनमा पाएको मार्गदर्शनबारे चर्चा गर्ने गरेका थिए।
इन्स्टाग्राम पोस्टमा सिद्धार्थले बुबाबाट सिकेका मूल्य र जीवनदर्शन आफ्नो जीवनमा पालना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। सुनीलको निधनसँगै फिल्म क्षेत्रका कलाकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरिरहेका छन्।