बलिउड अभिनेत्री सोनम कपूरले दोस्रो सन्तानलाई जन्म दिएकी छन्।
उनले आइतबार मुम्बईमा छोरालाई जन्म दिएकी हुन्। सोनम र उनका पति आनन्द आहुजाले सामाजिक सञ्जालमा यो खुसीको खबर साझा गरेका छन्। यो जोडीको यसअघि एक छोरा वायु छन्। दोस्रो सन्तानको नाम भने सार्वजनिक भएको छैन्।
सोनम कपूरले सन् २०१८ मा दिल्लीका व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। विवाहको चार वर्षपछि उनले २०२२ मा पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।
दोस्रो सन्तान प्राप्त भएको खबर सार्वजनिक गरेसँगै सोनम र आनन्दको जोडीलाई बलिउड सेलिब्रेटी तथा प्रशंसकहरूले शुभकामना दिइरहेका छन्।