बलिउड अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर २' ले विश्वव्यापी बक्स अफिसमा १३०० करोड भारूभन्दा धेरै कमाइ गरिसकेको छ। फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको बेला यसको पाइरेटेड (गैरकानुनी) संस्करण युट्युबमा लिक भएको छ।
भरतीय संचारमाध्यम एनडीटीभीले लेखेअनुसार मोबाइलबाट रेकर्ड गरिएको करिब ३ घण्टा ४९ मिनेट लामो भिडिओ युट्युबमा अपलोड गरिएको थियो। यो भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहस भइरहेको छ।
फ्यानहरूले सामाजिक सञ्जाल 'एक्स' मार्फत निर्देशक आदित्य धर लगायतलाई ट्याग गर्दै यसबारे जानकारी गराएका छन् भने तत्काल कारबाहीका लागि कदम चाल्न अनुरोध गरेका छन्।
केही प्रयोगकर्ताले युट्युबमा उजुरी दिन र भिडिओ हटाउन आग्रह गरेका छन्। यद्यपि, यसबारे फिल्मको टिम वा निर्देशकको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।
'धुरन्धर २' ले नेपालमा समेत ठूलो कमाइ गरिरहेको छ।