दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनीत फिल्म 'राका' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
बुधबार अभिनेताको जन्मदिन पारेर सार्वजनिक पोस्टरमा अल्लु अर्जुन पूर्ण रूपमा फरक अवतारमा देखिएका छन्। उनको तालु खुइलिएको छ भने लुक डरलाग्दो देखिन्छ। पोस्टर सार्वजनिक भएसँगै फ्यानहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
एटलीको निर्देशन रहेको 'राका' मा दीपिका पादुकोण पनि शीर्ष भूकिकामा छिन्। एटली र अल्लु अर्जुनको यो पहिलो सहकार्यलाई बहुप्रतीक्षित मानिएको छ।
फिल्मको बारेमा धेरै जानकारी दिइएको छैन। यो फिल्म प्यान–इन्डिया स्तरमा निर्माण भइरहेको छ।
निर्माताहरूका अनुसार 'राका' एक ठूला बजेटको साइ–फाइ एक्शन फिल्म हुने अपेक्षा गरिएको छ, जसले भारतीय सिनेमा उद्योगमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।
यसको प्रदर्शन सन् २०२७ मा हुने अपेक्षा गरिएको छ।
