भारतीय अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ती डिमरी अभिनीत रोमान्टिक-एक्सन फिल्म 'ओ रोमियो' ओटिटी प्लेटफर्ममा उपलब्ध भएको छ।
विशाल भारद्वाजको निर्देशन रहेको फिल्म शुक्रबारदेखि अमेजन प्राइम भिडिओमा स्ट्रिमिङ गरिएको हो।
प्रेम, अपराध र एक्सनको मिश्रण रहेको फिल्मले थिएटर प्रदर्शनमा मध्यम व्यापार गरेको थियो। थिएटर रिलिजको ८ हप्तापछि फिल्म ओटिटीमा ल्याइएको हो।
मुम्बईको अन्डरवर्ल्ड पृष्ठभूमिमा आधारित फिल्मको कथावस्तुमा प्रेम र अपराधबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको छ।
फिल्ममा शाहिद कपूर, तृप्ती डिमरीसहित अविनाश तिवारी मुख्य भूमिकामा छन्। सहायक कलाकारहरूमा नाना पाटेकर, तमन्ना भाटिया, दिशा पटानी र फरीदा जलाल छन् भने विक्रान्त मेस्सी विशेष भूमिकामा छन्।
यो फिल्म नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको ब्यानरमा साजिद नाडियाडवालाद्वारा निर्मित हो।