भारतीय फिल्म 'अल्फा' र 'बेबी डु डाइ डु' शुक्रबारदेखि नेपालमा सिनेमा हलमा प्रदर्शनमा आएका छन्। दुवै फिल्मलाई नेपाली दर्शकमाझ पनि एकसाथ रिलिज गरिएको हो।
'अल्फा' यशराज फिल्म्सको स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको महिला केन्द्रित एक्सन-थ्रिलर फिल्म हो। यसमा आलिया भट्ट, शर्वरी, बबी देओल, अनिल कपूर र आर. माधवनको मुख्य भूमिका छ। आलिया र शर्वरीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म शिव रवैलको निर्देशनमा बनेको हो। फिल्मको निर्माता आदित्य चोपडा हुन्।
पीजि सर्टिफिकेट प्राप्त फिल्मको रनटाइम १४१ मिनेट तय छ।
त्यस्तै, 'बेबी डु डाइ डु' एक्सन, क्राइम र मिस्ट्री जनरामा बनेको फिल्म हो।
नचिकेत सामन्त निर्देशित यस फिल्ममा हुमा कुरैशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंहलगायत कलाकारहरूको अभिनय छ। यसले रहस्य र बदलाको कथा भन्छ।
एडल्ट सर्टिफिकेट पाएको फिल्मको रनटाइम १२६ मिनेट तय छ।
नेपालमा सिनेमा हलमा यतिबेला विदेशी फिल्मको वर्चश्व छ। नेपाली फिल्म एकाध मात्रै प्रदर्शनरत छन्।