भारतीय अभिनेता राम चरण र अभिनेत्री जान्हवी कपूर अभिनीत खेलकुद-एक्सन ड्रामा फिल्म 'पेड्डी' अब ओटिटी प्लेटफर्ममा रिलिज हुने भएको छ।
गत जुन ४ मा सिनेमा हलमा रिलिज भएको फिल्म जुलाई ९ (असार २५) देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुने भएको हो।
नेटफ्लिक्स इन्डियाले सामाजिक सञ्जालमार्फत फिल्मको डिजिटल रिलिज घोषणा गरेको हो।
नेटफ्लिक्समा फिल्म सुरूवाती चरणमा तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा स्ट्रिमिङका लागि हुनेछ। हिन्दी संस्करण केही समयपछि रिलिज गरिने जनाइएको छ।
'पेड्डी'ले दुर्गम गाउँका एक प्रतिभाशाली खेलाडीको संघर्ष र सफलताको कथा प्रस्तुत गर्छ। गाउँको पहिचान र विकासका लागि संघर्ष गर्ने पेड्डीको यात्रालाई फिल्ममा देखाइएको छ।
फिल्ममा राम चरण र जान्हवी कपूरसँगै शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु, बोमन इरानी, रवि किशन र विजी चन्द्रशेखरको पनि अभिनय छ। फिल्मको निर्देशन बुच्ची बाबु सानाले गरेका हुन्। संगीत एआर रहमानले दिएका छन्।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले विश्वव्यापी बक्स अफिसमा ३३८.९८ करोड भारू कमाएको थियो। यसमध्ये फिल्मको भारतको कुल कमाइ २८६ करोड भारू थियो।
'पेड्डी' नेपालमा समेत रिलिज भएको थियो।