विश्वचर्चित पप गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल स्टार ट्राभिस केल्से विवाह बन्धनमा बाँधिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूले न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजित एक निजी समारोहमा विवाह गरेका हुन्।
स्विफ्टका प्रवक्ताले यी दुईको विवाह भएको पुष्टि गरेका छन्।
विवाह समारोहमा परिवारका सदस्य, निकट मित्र तथा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको बताइएको छ।
सन् २०२३ देखि प्रेम सम्बन्धमा रहेका स्विफ्ट र केल्सेको सम्बन्ध विश्वभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। केही महिनाअघि उनीहरूको इन्गेजमेन्ट भएको खबर सार्वजनिक भएको थियो।
विवाहपछि सामाजिक सञ्जालमा दुवैलाई बधाई दिनेहरूको ओइरो लागेको छ। अमेरिकी गायिका टेलर स्विफ्ट विश्वकै चर्चित पप स्टारमध्ये एक हुन् भने ट्राभिस केल्से अमेरिकी फुटबल टोली कान्सास सिटी चिफ्सका स्टार खेलाडी हुन्।
टेलर स्विफ्ट र ट्राभिस केल्सेले भने विवाहबारे अहिलेसम्म केही सार्वजनिक गरेका छैनन्।