भारतीय अभिनेता सोनु सूद नेपाल आइपुगेका छन्। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
सोनु सूद मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपालमा बाढीबाट ठूलो जनधनको क्षति भएको समाचार सार्वजनिक भएलगत्तै अभिनेता सूदले दुःख व्यक्त गरेका थिए।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, 'नेपाल, तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने शक्ति लिएर आउँदैछौं।'