बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले आफ्नी कान्छी छोरीको नाम सार्वजनिक गरेका छन्।
दसैंको अवसर पारेर मंगलबार उनीहरूले छोरीको नाम 'देवी पादुकोण सिंह' राखेको जानकारी दिएका हुन्।
दीपिका र रणवीरले सामाजिक सञ्जाल इन्स्टाग्राममा पारिवारिक तस्बिर सार्वजनिक गर्दै छोरीको नाम घोषणा गरेका हुन्।
तस्बिरमा दीपिका र रणवीरसँगै उनीहरूकी जेठी छोरी दुआ र कान्छी छोरी देवी देखिएका छन्।
तस्बिरमा रणवीरले दुआलाई काखमा बोकेका छन् भने दुआले आफ्नी सानी बहिनीलाई चुम्बन गरिरहेकी छन्।
दीपिकाले तस्बिरसँगै 'अथाह प्रेम र समृद्धि' भन्ने अर्थ लाग्ने 'अफ लभ एन्ड अबन्डन्स' लेख्दै छोरीको नाम सार्वजनिक गरेकी हुन्।
दुवै छोरीसँगको पारिवारिक तस्बिर सार्वजनिक गरेपछि उनीहरूका प्रशंसक तथा बलिउडका कलाकारहरूले सामाजिक सञ्जालमार्फत बधाइ र शुभकामना दिएका छन्।
दीपिका र रणवीरले गत सेप्टेम्बर १९ मा दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएका थिए। त्यसअघि सन् २०२४ सेप्टेम्बरमा उनीहरूकी पहिलो सन्तान दुआको जन्म भएको थियो।
दीपिका र रणवीरले सन् २०१८ नोभेम्बरमा विवाह गरेका हुन्।