लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्री आमा बनेकी छन्।
उनले बिहीबार काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।
सन्तान लाभ भएपछि सुनिताका श्रीमान लक्ष्मण न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै खुसी साटेका छन्। पेशाले इन्जिनियर रहेका लक्ष्मण र गायिका सुनिताको यो पहिलो सन्तान हो।
सुनिताका 'कमाउने नी हो रमाउने नी हो', 'झमझम झम्काना', 'जलजला' लगायतका गीत निकै चर्चित छन्।