गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन्।
उनले सामाजिक सञ्जालमा बेबी बम्प देखिने तस्बिर सार्वजनिक गर्दै सन्तानलाई स्वागत गर्न लागेको बताएकी हुन्।
उनको उक्त पोस्टमा इन्दिरालाई कलाकार र प्रशंसकहरूले बधाईं दिइरहेका छन्।
इन्दिराले सन् २०२२ मा शरद केडियासँग विवाह गरेकी थिइन्। शरद फेसन डिजाइनर हुन्।