गायिका सारिका घिमिरेले नयाँ गीत 'गुन भुल्यौ २- साइँला दाइ' सार्वजनिक गरेकी छन्।
यसअघिको गीत 'गुन भुल्यौ पित्तलको सुन पायौ होला' को सफलतासँगै उनले 'गुन भुल्यौ २' ल्याएकी हुन्।
गत जेठमा सार्वजनिक 'गुन भुल्यौ' गीतले स्रोता तथा दर्शकमाझ निकै चर्चा बटुलेको थियो। 'गुन भुल्यौ २' को कुरा गर्नुपर्दा यो प्रेमविछोडको पीडा बोकेको गीत हो। यसमा सारिकाको एकल स्वर छ भने शब्द तथा संगीत पनि उनकै हो। एरेन्जको काम मनोज परियारले गरेका छन्। भिडिओमा सारिका स्वयंको साथमा सौर्य तिरूवा र जेरी भण्डारीको अभिनय छ।
गीतमा माया गरेर पछि भुलिदिनेपछि गरिएको गुनासो, सम्झनामा बाँचेको एकतर्फी माया र सम्बन्ध टुट्दा आउने भावनात्मक चोटलाई प्रस्तुत गरिएको छ।
केशवराज भट्टको निर्देशनमा बनेको भिडिओको छायांकार करण चैसिर र सम्पादक मनोज कार्की हुन्।
सारिका घिमिरे अफिसियल युट्युबमा गीत सार्वजनिक छ।
कम समयमै सुपरहिट भएको 'गुन भुल्यौ'