अमेरिकाको वेस्टक्लिफ विश्व विद्यालयबाट मान्यता प्राप्त प्रेसिडेन्सियल बिजनेस स्कूल काठमाडौंको थापागाउँमा अवस्थित छ। यसले २०११ देखि स्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
शैक्षिक गुणस्तरको खोजीका लागि नेपाली विद्यार्थीहरु विदेश गइरहेको अवस्थामा यो कलेज स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना हो।
यहाँ बिबिए र एमबिए कक्षा संचालन भइरहेको छ। यस कलेजले भविश्यमा अन्य कक्षाहरु पनि संचालन गर्ने तयारी गरेको छ। विदेशी विश्वविद्यालयबाट मान्यता प्राप्त कलेज भएकाले डलरको भाउ अनुसार यहाँको शुल्क तोकिने गरेको छ। हाल बिबिएको लागि करिव ७ लाख ५० हजार र एमबिएको करिब ६ लाख ४० शुल्क लाग्छ।
विद्यार्थीको क्षमता अनुसार कलेजले ट्युसन फीमा २० देखि २५ प्रतिशतसम्म छुट पनि दिने गरेको छ। यो कलेजले विद्यार्थीलाई पढाईमा मात्र सीमित नराखी इन्डक्सन प्रोग्राम, प्रिजेन्टेसन, गेस्ट क्लास, कम्युनिकेशन वर्कसप, सेमिनार लगायतमा पनि संलग्न गराउँदै आएको छ।

त्यस्तै कलेजले सामाजिक कुसंस्कार विरुद्ध ‘द ब्रेकर’ भन्ने कार्यक्रम संचालन गर्छ, जसमा विभिन्न वक्ताहरुले विद्यार्थीहरुलाई प्रेरणा दिने गर्दछन्।
नेपालमा धेरैजसो कलेजमा शिक्षकहरुको लेक्चर मात्र सुन्ने अवस्था छ तर यो कलेजले ‘टु वे कम्युनिकेशन’ मा जोड दिइरहेको छ। विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनको लागि कलेजले विभिन्न कम्पनीको बारेमा भिडियो देखाउनुको साथै त्यहाँ भएको समस्याको बारेमा विद्यार्थीलाई अवगत गराउँछ।
त्यस्तै अमेरिकी प्रोफेसरहरुबाट भिडियो सेसन गर्ने व्यवस्था पनि यस कलेजले मिलाएको छ। प्रेसिडेन्सियल बिजनेश स्कुलले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विभिन्न कम्पनी र कर्पोरेट क्षेत्रमा विद्यार्थीलाई लैजाने र सिकाउने काम विगतदेखि नै गर्दै आइरहेको छ।
यस कलेजमा प्रत्येक हप्ता हुने ‘एसाइन्मेन्ट’ विद्यार्थीको लागि परिक्षा भन्दा फलदायी हुने गरेको छ। यस्तो एसाइन्मेन्टमा विद्यार्थीले प्रश्नको उत्तर भन्दा पनि कुनै रेष्टुरेन्टमा द्वन्द्व भयो भने कसरी सुल्झाउने, कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने जस्ता व्यवहारीक कुरा सिक्ने मौका पाउँछन् जुन उनीहरुलाई भविश्यमा निकै फलदायी हुन्छ।

हाल करिव ३ सय ५० को हाराहारीमा विद्यार्थी रहेको यस कलेजले विद्यार्थीको मनोरञ्जनको लागि स्पोर्ट विक, वेलकम फेरवेल, होली, दसैँ, तिहार लगायतका पर्व लक्षित अतिरिक्त कृयाकलाप पनि गर्दै अएको छ।
बिबिए पढेका विद्यार्थीले २ वर्ष पछि विदेशमा पढ्न चाहेमा त्यसको व्यवस्था कलेजले मिलाउँछ। यस कलेजले विद्यार्थीलाई कितावी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान दिने प्रयास गरिरहेको छ।