नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य घटेको छ।
शुक्रबार तोलामा एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार तोलामा चार हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।