कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेस गाउँ नेपाली पर्यटनमा परिचित गन्तव्य हो।
तमु गुरूङ समुदायको बाक्लो बसोबास रहेको यस गाउँमा एकै किसिमको बनोटमा बनेका करिब ५०० घर एकै ठाउँमा छन्। परम्परागत शैलीमा बनेका घर र एकै ठाउँमा फैलिएको बस्ती नै सिक्लेसको मौलिक पहिचान हो।
हिमालको काखमा फैलिएको यो गाउँलाई गुरूङ भाषामा 'चिली नास' भनिन्छ। यहाँ पुग्ने जोकोहीलाई यहाँको प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिले मोहित तुल्याउँछ। गाउँका ढुंगे घर, सफा गल्ली र वरिपरिका हरिया पहाडले सिक्लेसको सुन्दरता थपेका छन्।
सिक्लेसको महत्त्वपूर्ण विशेषता यहाँको गुरूङ संस्कृति हो।
स्थानीय बासिन्दाको भाषा, वेशभूषा, संस्कार र परम्परागत रहनसहनले गाउँको छुट्टै पहिचान बनाएको छ। घाटु, सोरठीलगायत मौलिक नाचगानले पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परालाई जीवन्त राखेका छन्।
गुरूङ समुदायको इतिहास र पैतृक थलो क्होलासोथरसँग जोडिएको सिक्लेस सांस्कृतिक अध्ययनका दृष्टिले पनि महत्त्वपूर्ण छ।
यहाँको सामुदायिक जीवन, मौलिक परम्परा र जीवनशैलीले गुरूङ सभ्यता बुझ्न सहयोग पुर्याउँछन्। त्यसैले सिक्लेसलाई गुरूङ समुदायको संस्कृति, इतिहास र परम्परा नियाल्न सकिने खुला संग्रहालयका रूपमा पनि लिन सकिन्छ।
यहाँका सामुदायिक होमस्टे, स्थानीय परिकार र आत्मीय आतिथ्यले पर्यटकलाई गाउँको जीवनशैलीसँग नजिक बनाउँछन्।
त्यस्तै, क्हफुचे हिमताल र राइजिङ डाँडासम्मको यात्राले सिक्लेसको पर्यटन आकर्षणलाई थप विस्तार गरेका छन्।
प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिको सङ्गम सिक्लेस ग्रामीण पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनेको छ।
तस्बिरहरू:
-1792214485.jpg)
-1792214483.jpg)
-1792214484.jpg)
-1792214485.jpg)
-1792214484.jpg)
-1792214485.jpg)
-1792214485.jpg)
-1792214485.jpg)
-1792214485.jpg)
-1792214484.jpg)
-1792214484.jpg)
-1792214484.jpg)
-1792214484.jpg)
-1792214483.jpg)
-1792214483.jpg)
-1792214483.jpg)