राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।
उनले बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै काठमाडौंको नक्सालको जग्गा सम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन्।
यस विषयमा कहिलेसम्म अनदेखा गरी बस्ने भन्दै उनले प्रश्न समेत उठाएकी छन्।
‘हामीले कहिलेसम्म अनदेखा गर्ने? कतिचोटी आइसक्यो पत्रपत्रिकामा। त्यसकारण बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन भएको रहेछ। त्यो आयोगले पदाधिकारी लगायतलाई कानुनी कारबाही गर्न पनि प्रतिवेदनमा भनिएको छ,’ उनले भनिन्, ‘त्यो प्रतिवेदन हामीले कहिले सार्वजनिक गर्छौं। दैबले बाबुआमा खोसे, हामीले हेर्नुपर्ने बालबालिकाको लागि कहिलेसम्म अनदेखा गरेर बस्ने?’
२०१८ सालमा निजी सम्पत्तीलाई अधिग्रहण गरेर अनाथ बालबालिकाको हेरचाह गर्ने भनेर नेपाल बाल संगठनलाई जिम्मा दिएको जग्गामा अहिले कसले भोगचलन गरिरहेको भन्दै प्रश्न गरेकी छन्।