सुदूरपश्चिम कमिटी सदस्य भतरबहादुर बुढाले नेकपा (एमाले) परित्याग गरेका छन्।
उनले नेताहरू निजी स्वार्थमा लुब्ध भएकोले र पार्टी नीतिगत भन्दा नेतागत रूपमा परिचालन भएको आरोप लगाउँदै पार्टी त्यागको घोषणा गरेका छन्।
‘सोझा साझा कार्यकर्तालाई प्रयोग गरी ढुंगामुढा, गुण्डागर्दी गराउने, बेरोजगार युवायुवतीलाई बेवास्ता गर्दै नेकपा एमालेका नेताहरू निजी स्वार्थमा लुब्ध भएको, पार्टी नीतिगत भन्दा नेतागत रूपमा परिचालन भएको, नीति विधि विधान र कम्युनिस्टको सिद्धान्त विपरीत क्रियाकलाप भइरहेको मेरो ठहर छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तसर्थ नेकपा (एमाले) पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजकै दिनबाट प्रदेश कमिटी सदस्य पदबाट राजीनामा गरी स्वतन्त्र जीवन बिताउने घोषणा गर्छु।’
बुढा नेकपा विभाजन हुँदा एमालेमा रहेका थिए। नेकपा कालमा उनी बाजुरा जिल्ला कमिटी सचिव थिए। पार्टी विभाजनपछि बाजुरा जिल्ला कमिटी उपाध्यक्ष बनेका थिए।