एमालेनिकट युवा संघका भक्तपुर जिल्ला सदस्यको कुटपिट गरी हत्या भएको छ।
सूर्यविनायक-१ सिरूटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको मंगलबार राति हत्या भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालकोट बसीटोलस्थित हनुमन्ते खोलानजिकै रहेको खाली जग्गामा उनलाई अज्ञात व्यक्तिहरूले कुटपिट गरेका थिए।
गम्भीर घाइते अवस्थामा भेटिएका श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा राति साढे १० बजे मृत्यु भएको परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
महानगरीय प्रहरी प्रभाव बालकोट र महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी गएर घाइते श्रेष्ठलाई उद्धार गरी अस्पताल पुर्याएका थिए।
घटनास्थलमा अनुसन्धानका लागि ठिमीका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा प्रहरी खटिएको छ।
घटना आर्थिक लेनदेनका कारण भएको आशंका गरिएको छ।
‘यससम्बन्धी अनुसन्धान भइरहेको छ, हामी संलग्न व्यक्तिहरूको नजिक पुगिसकेका छौं,’ श्रेष्ठले भने।