काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक बहुरियाको नियमित मञ्चन भइरहेको छ।
सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माण बुद्धि तामाङले गरेका हुन्।
मण्डला थिएटरको प्रस्तुतिमा बनेको नाटकले मधेसको लवज र सामाजिक परिवेशमा आधारित रहेर एउटा महिलाले विवाह पश्चात भोग्नु परेको पिडा लाई प्रस्तुत गरेको छ ।
नाटकमा निर्देशक तथा कलाकार सुरज यादव र प्रशंसा शिवाकोटीको अभिनय रहेको छ।
नाटक माघ ८ गतेदेखि २९ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुँदैछ। शनिबार दिउँसो १ बजे पनि विशेष शो रहेको छ। नाटक सोमबार बाहेक मण्डला थिएटर नेपालमा हेर्न सकिन्छ।
-1769185737.jpg)
-1769185729.jpg)
-1769185737.jpg)
-1769185738.jpg)
-1769185738.jpg)
-1769185735.jpg)
-1769185738.jpg)
-1769185738.jpg)
-1769185739.jpg)
-1769185734.jpg)
-1769185734.jpg)
-1769185737.jpg)
-1769185729.jpg)