मण्डला थिएटर–नेपालले जर्मन विकास सहयोग संस्था जिआईजेडको स्वास्थ्य कार्यक्रमसँगको सहकार्यमा तयार पारेको नाटक ‘फर्किने बाटो’ को विशेष मञ्चन सम्पन्न भएको छ।
स्वास्थ्य सचेतना, स्वास्थ्य बीमा र सामाजिक समावेशिताका विषय समेटिएको नाटकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका स्थानीय कथा, संस्कृति तथा स्वास्थ्यसम्बन्धी चुनौतीलाई प्रस्तुत गरेको छ।
नाटकलाई दसैँपछि कपिलवस्तु, प्युठान, बाँके, अछाम, बाजुरा र डडेलधुराका विभिन्न स्थानमा मञ्चन गरिनेछ। कार्तिक ९ गतेदेखि १९ गतेसम्म छ स्थानमा प्रदर्शन गर्ने तालिका रहेको छ भने कार्तिक २० गते धनगढीमा पनि मञ्चन गर्ने योजना छ।
नाटक प्रदर्शनसँगै स्थानीय थिएटर क्लबको क्षमता अभिवृद्धिका लागि तालिम तथा समुदायका सदस्य र स्वास्थ्यकर्मीबीच स्वास्थ्यसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने मण्डला थिएटरले जनाएको छ। नाटकमार्फत स्वास्थ्य बीमाबारे जनचेतना फैलाउने र स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य राखिएको छ।
-1792036926.jpg)
-1792036926.jpg)
-1792036926.jpg)
-1792036926.jpg)