काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नेपाली नाटक 'अतिरञ्जनको मनोरञ्जन' नियमित मञ्चन भइरहेको छ। वैशाख १३ सम्म प्रदर्शन हुने यो नाटकका लेखक संयोग गुरागाईं तथा निर्देशक सागर खाती कामी हुन्।
‘अति’ आखिर कहिले ‘अति’ हुन्छ? के अति राम्रो हुनु सधैं राम्रो नै हुन्छ? मनोरञ्जन सीमाभन्दा बाहिर जाँदा त्यसमा सत्य कति बाँकी रहन्छ? नाटक यिनै प्रश्नहरूको वरिपरि छ।
नाटकले हाम्रो सोच, रोजाइ र निर्णयमाथि पुनर्विचार गर्न बाध्य बनाउने निर्माण पक्षले बताएको छ।
अतिरञ्जन केवल शैली हो कि सत्य व्यक्त गर्ने माध्यम बन्न सक्छ भन्ने प्रश्नमार्फत दर्शकलाई सोच्न बाध्य बनाउने प्रयास गरिएको कलाकारहरूले बताएका छन्।
निर्देशकका अनुसार यो नाटकले दर्शकको सोच, रोजाइ र निर्णय प्रक्रियामाथि पुनर्विचार गर्न प्रेरित गर्छ।
नाटकमा सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र बिष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुस्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भाष्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
नाटक हरेक दिन सोमबार बाहेक हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० मञ्चन हुँदै आएको छ।
-1775531801.jpg)
-1775531801.jpg)
-1775531801.jpg)
-1775531800.jpg)
-1775531800.jpg)
-1775531800.jpg)
-1775531800.jpg)
-1775531800.jpg)
-1775531800.jpg)
-1775531799.jpg)
-1775531799.jpg)
-1775531799.jpg)
-1775531799.jpg)
-1775531800.jpg)