धनुषा प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।
उनले पछिल्लो समय मतान्तर घटाउँदै लगेका हुन्।
यहाँ नेपाली कांग्रेसका महेन्द्र यादवले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार यादव ४५८ मतले अगाडि छन्।
यादवले २३ हजार ५६५ मत पाएका छन्। महासेठले २३ हजार १०७ मत पाएका छन्।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९, ०४:५०:२०