नेपालको पर्यटन प्रवर्द्धका लागि पर्यटन बोर्ड क्यानडा र ग्लोबल एनआरएन क्यानडाबीच सम्झौता भएको छ।
कोभिडका कारण सिथिल पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा पुर्याउन उत्तर अमेरीकामा नेपाली पर्यटन प्रर्वद्धनलाई अझ ब्यापक बनाउन पर्यटन बोर्ड क्यानडाका पर्यटन दूत नर बहादुर टण्डन र ग्लोबल एनआरएन क्यानडाका सभापति अन्जनी राज भट्टराई बिच सम्झौता भएको हो।
क्यानडाका पर्यटन दूत टण्डनले आफू विगत एक दशकदेखि नेपालका पर्यटन प्रवद्धनमा निरन्तर क्रियाशील रहेको भन्दै आफ्नो कामको मूल्यांकन गरेर ग्लोबल एनआरएन क्यानडाका साथीले हातेमालो गरेको बताए।
‘यो सम्झौताले मलाई मात्र नभएर नेपाल पर्यटन बोर्ड क्यानडालाई पनि निकै हौशला मिलेको छ’, उनले भने, ‘हामीले नेपालको पर्यटनसँग सरोकार राख्ने र नेपालको हित गर्ने कुनै पनि विषयमा नेपाल र उत्तर अमेरिकाबीच सन् २०२४ सम्म सहकार्य गर्ने गरी सम्झौता भएको छ।’
पर्यटन दूत टण्डनले नेपाल पर्यटन बोर्ड क्यानडाले विगतमा नेपालको कला संस्कृति लगाएत विषयमा नेपाल झल्कने गरी महोत्सव समेत गरेको स्मरण गरे।
‘मैले मेरो निजी खर्चमा उतर अमेरिकाभरि गुड्ने ट्रकमा नेपाल झल्कने विभिन्न तस्बिहरु सहित प्रर्वद्धन गर्दै आएको छु’, उनले भने, ‘यस कार्यलाई हामीले निरन्तरता दिनुका साथै अझ थप के गर्न सकिन्छ भन्नेबारे छलफल गरेर अघि बढ्ने छौ।’
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९, २२:४९:००