नेकपा एकिकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र कुमार राइले प्रदेश सरकारले पहिचानकाे आन्दाेलनलाइ दमन गरेकाे आराेप लागएका छन।
प्रदेश शभाकाे बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानि गर्दै राईले सरकारले आज गरेपनि सँधै दमन गरिरहन नसक्ने बताए।
कोशी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले नामाकरविरूद्ध प्रदेशवासी नै आन्दोलनमा उत्रिएपछि सरकार र नामाकरणको पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने बेला आएको उनले बताए।
उनले नामकरणकाे विषयमा माओवादी केन्द्रले थप छलफल गरिरहेको कांग्रेसपनि छलफल गर्ने तयारीमा रहेको आफूलाई जानकारीमा आएको बताए।
तर, आन्दोलन गरेकै कारण सरकारले धेरै धरपकड गरेर गलत कदम चालेको उनको दाबी छ।
'राणाकालमा पनि यस्ताे हुदैन थियाे, उनले भने, 'मुख्यमन्त्री आफै आन्दाेलनरत पक्षलाई चिढ्याउने भाषण गरीरहनुभएकाे छ।यसबाट सरकारले दमन गरेकाे नै देखिन्छ।'