देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान कोशी, मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ । त्यस्तै, कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
दिउँसोपख कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको उनले बताए।
‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ उनले भने।
राती कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र देशका अन्य भूभागमा आंशिक बदलीकै सम्भावना रहेको पनि उनले बताए।
अहिले देशभर प्रिमनसुन सक्रिय रहेको छ। यसपालि मनसुन भने केही ढिला गरेर भित्रने पनि उनले जानकारी दिए।