नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
यस प्रकरणमा प्रतिवादी रहेका हरिभक्त महर्जन बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन्। उनकी श्रीमती लक्ष्मीलाई प्रहरीले जेठ १२ गते नै पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनीहरूको खाता प्रयोग भएको देखिएको थियो। योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।
१२ जना भने अझै फरार छन्। अदालतले प्रतिवादीको बयान लिइरहेको छ। जसमध्ये १५ जनाको बयान लिइसकेको छ।
बिहीबार मात्रै अदालतले टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान सकाएको हो। भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान लिने तयारी छ।