बजारमा बेसारको मूल्य बढेको छ।
नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूची अनुसार १५ दिनको तुलनामा बेसारको मूल्य बढेको हो।
संघले प्रत्येक महिनाको १५/१५ दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गर्दै आएको छ।
संघले मंसिर १५ गते उपलब्ध गराएको तथ्यांक अनुसार बजारमा बेसारको मूल्य प्रतिकिलो चार सय ७५ रूपैयाँ थियो।
पुस १ गतेको तथ्यांक अनुसार भने बजारमा बेसारको मूल्य प्रतिकिलो पाँच सय रूपैयाँ पुगेको छ।
यो खुद्रा मूल्य पसल अनुसार भने केही फरक हुन्छ।