नेपाली बजारमा बजाज बाइकको मूल्य बढेको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चैत ८ गतेदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
पछिल्लो समय नेपाली बजारमा बजाजको मूल्य बढ्दै गएको छ।
बजाजको विभिन्न मोडलका बाइकमा एक हजार रुपैयाँदेखि ५ हजारसम्मले मूल्य वृद्धि भएको छ। बजाजको डोमिनार एबिएस ४००मा ५ हजार रुपैयाँले मूल्य वृद्धि भएसँगै यसको बजार मूल्य ५ लाख ६९ हजार ९ सयबाट एकैचोटी ५ लाख ७४ हजार ९ सय पुगेको छ।
नयाँ मूल्य सूची अनुसार बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० इएस छ। यसको बजार मूल्य जम्मा १ लाख ८२ हजार ९ सय पुगेको छ। यो बाइकमा १ हजार रुपैयाँले मूल्य वृद्धि भएको हो। कतिपय बाइककाे मूल्य भने परिवर्तन भएकाे छैन।
यस्तो छ बजाज मोटरसाइकलको नयाँ मूल्य सूचीः
मोडल
|
पुरानो मूल्य
|
नयाँ मूल्य सूची
|
प्लाटिना १०० इएस
|
१,८१,९००
|
१,८२,९००
|
डिस्कभर १२५ ड्रम
|
१,९९,९००
|
२,००,९००
|
डिस्कभर १२५ डिस्क
|
२,०६,९००
|
२,०६,९००
|
डिस्कभर १२५ एसटी
|
२,१७,९००
|
२,१७,९००
|
पल्सर १२५ डिस्क
|
२,३४,९००
|
२,३४,९००
|
पल्सर१५० एसडी
|
२,६३,९००
|
२,६३,९००
|
पल्सर १५० टिडी
|
२,८०,९००
|
२,८०,९००
|
पल्सर १६० एनएस टिडी एबिएस
|
३,०२,९००
|
३,०३,९००
|
पल्सर २२० एफ एबिएस
|
३,४७,९००
|
३,४७,९००
|
पल्सर २०० एनएस एबिएस
|
३,४९,९००
|
३,४९,९००
|
पल्सर २०० एनएस एफआइ एबिएस
|
३,७२,९००
|
३,७४,९००
|
एभेन्जर १६० स्ट्रिट एबिएस
|
३,२९,९००
|
३,३१,९००
|
एभेन्जर २२० क्रुस
|
३,५४,९००
|
३,५४,९००
|
डोमिनार २५० एबिएस
|
४,९९,९००
|
४,९९,९००
|
डोमिनार ४०० एबिएस
|
५,६९,९००
|
५,७४,९००
|