दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा बढाएको छ।
यसअघि दैनिक बढीमा १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकामा बैंकले निश्चित अवधिका लागि यो सीमा बढाएर ५० पटकसम्म पुर्याएको हो।
दसैंको समयमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।
त्यस्तै, तिहार तथा छठ पर्वको लागि कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म यो सुविधा लागू हुनेछ।
राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो।