नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले अहिले केपी ओलीमाथि भइरहेको हमला जनताको सपना माथिको हमला भएको टिप्पणी गरेका छन्।
‘विकासको मुद्दामा केपी ओलीले जस्तो राजनीतिलाई केन्द्रीत गर्ने काम कसैले गरेको थियो’, राजधानीमा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘आज केपी ओलीमाथि भइरहेको हमलालाई त्यस परिप्रेक्ष्यमा हेर्नुपर्ला नपर्ला। अर्थात् यो जनताको सपना माथिको हमला हो। भविष्य माथिको हमला हो।'
उनले नेपालका राजनीतिक दलहरु २००७ सालपछि कुनै न कुनै रुपमा शासनमा पुगे पनि केपी ओलीले विकासको सपना ब्युताउँने काम गरेको बताए। उनले पाँच दलीय गठबन्धन पनि जनताको सपनाका विरुद्धको गठबन्धन भएको तर्क गरे। पोखरेल नेकपा एमालेको दशौँ महाधिवेशनमा महासचिवको आकांक्षी छन्।
हेर्नुहोस् भिडिओ