नेपालका लागि पूर्वअमेरिकी राजदूत एलाइना बी टेप्लिज अमेरिकाको सहायक विदेश मन्त्री नियुक्त भएकी छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडेनले टेप्लिजलाई प्रशासनसम्बन्धी विदेश मन्त्री नियुक्त गरेको जानकारी दिएको छ।
१९९१ मा अमेरिकी विदेश सेवामा प्रवेश गरेकी टेप्लिज सन् २०१५ देखि २०१८ सम्म नेपालमा राजदूत थिइन्।
त्यसपछि उनी माल्दिभ्स र श्रीलंकाका लागि अमेरिकी राजदूत बनेर कोलोम्बो गएकी थिइन्।