नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन्।
आइतबार राति सम्पन्न प्रथम अधिवेशनले सिंखडाको नेतृत्वमा टिम बनाएको हो। जसको उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेकाे छ।
सचिवमा सुरेन्द्र बस्नेत तथा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए ।
निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका अनुसार १ सय ४१ सदस्यीय प्रदेश कमिटीसमेत चयन भएकाे हाे ।