नेकपा एमाले गुल्मीको अधिवेशनबाट जिल्ला अध्यक्षमा बालसिङ काउछा सर्वसम्मत निर्वाचित भएका छन्।
शनिबार अबेर सकिएको एमालेको ११ औं गुल्मी अधिवेशनबाट उपाध्यक्षमा कृष्ण सुनार चयन भए।
साथै सचिवमा गणेश श्रीपाली, उपसचिवहरू धर्म विश्वकर्मा र सावित्रा आचार्य चयन भएका छन्।
एमालेले गत शुक्रबारदेखि जिल्ला अधिवेशन सुरू गरेको थियो।
अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको छ। गुल्मी अधिवेशनका लागि एमाले नेता प्रदीप ज्ञवाली पनि जिल्ला पुगेका थिए।